सुरक्षाका सामग्री बिना जनताको घर घरमा पुगेका जनप्रतीनिधीका अगाडि पाल्पाका संघिय सांसदको भुमिका लाजमर्दो

नारायण न्यौपाने
पाल्पा, बैशाख १
लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत जानकार छन । संघिय सांसदलाइ यसबारे जानकारी नहुने कुरानै भयन । काठमाण्डुमानै गुमनाम बसेका पाल्पाका संघिय सांसदले आफ्नो जिल्लाका लागि कुनै भुमिका निर्वाह गर्न सकेका छैनन् । एक जना सांसदको त नगरपालिका प्रमुख संग टेलिफोन संवाद समेत भएको छैन । संकटको घडिमा आफ्नो जिल्ला प्रति जिम्वेबार हुनुपर्ने सांसद सक्रिय नदेख्दा पाल्पाली जनताले गुनासो गर्न थालेका छन । लक डाउन भएपनी कुनै न कुनै ब्याबस्था गरेर सुरक्षित तरिकाले सांसदले आफ्नो भुमिका देखाउनु पर्ने तानसेन निवासी दिपक श्रेश्ठले बताए । ‘गारो काँहा छैन र सबैलाइ छ नी सहयोग गर्ने दुखको बेला हो, आफ्नो परफरमेन्स देखाउने बेला हो यो,’ श्रेश्ठले भने, ‘भनिन्छ नी त दुखको बेला मान्छे चिनिन्छ भनेर, अहिले पाल्पालीले सांसदहरुलाइ राम्रो संग चिने ।’

पुर्व भुमि सुधार मन्त्री तथा पाल्पा क्षेत्र न. १ बाट निर्वाचित सांसद दल बहादुर रानाले माथागडिमा १ पटक, पुर्वखोला, रम्भा र निस्दीमा २÷३ दिन बिरायर फोन गर्ने गरेको गाउँपालिका अध्यक्षहरुले बताए । तर उनले रामपुर नगरपालिकाका प्रमुख रमण थापासंग भने लक डाउन पछी एक पटक पनी संवाद नै गरेका छैनन । ‘मलाइ अहिलेसम्म एक कल फोन गर्नु भएको छैन, फोन नै नभएपछी सर सल्लाहा हुने कुरा पनी भएन,’ थापाले भने, ‘म आफ्नै तरिकाले काम गरेको छु, किन कल गर्नु भएको छैन त्यो वाहाँले जान्ने कुरा भयो ।’ नगरपालिका प्रमुख सँग कुराकानी नभएको स्विकार गर्दै सांसद रानाले नेकपाले जितेको वडाका अध्यक्ष संग जानकारी लिएको बताए । ‘मेरो पार्टिको जिल्ला अध्यक्ष, प्रदेश सांसदहरु सँग आवस्यक समन्वय गरिरहेको छु,’ रानाले भने,‘ मेयरसँग मेरो पहिला पनी औपचारिक कार्यक्रममा मात्रै भेट हुन्थ्यो, मैले आवस्यक नठानेर फोन गरेको छैन ।’ यस्तो संकटको समयमा स्थानिय सरकार संगनै कुरा नहुने, पार्टि निकट सँग मात्र सम्पर्क गरेर हुन्छ ? भनि सोधिएको प्रश्नमा रानाले भने, ‘समन्वय भएकै छ त, मैले गरिरहेको छु ।’
पुर्व उध्योग मन्त्री तथा पाल्पा क्षेत्र न. २ बाट निर्वाचित सांसद सोम प्रसाद पाण्डेले पनि आफ्नो निर्वाचन क्षेत्रमा लक डाउनपछी समन्वयमा तदारुकता देखाउन सकेका छैनन । उनले गर्ने पार्टि निकट सम्पर्क बाहेक स्थानिय सरकार सँग उनको पनी सम्पर्क प्रभावकारी छैन । ‘रैनादेबि छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले एउटा स्कुलको वार्षिक उत्सवमा प्रमुख अतिथी बनी माला लगाउन आउने सांसदले दुखको बेलामा १ पटक फोन गरेर २ मिनेट कुरा गरेको र त्यो पनि केलाइ गरेको भन्ने थाहा नपाएको बताए । उनले भने, ‘प्रदेशका सांसद आउनु भयो, फोन पनी भइरहन्छ, अनुगमन पनी भयो तर सोम जी ले हतारमा एक पटक फोन गर्नु भयो, ल राम्ररी काम गर्नुस भनेर निर्देशन दिए जस्तो गरेर राख्नु भयो, मलाइ त केन्द्रिय सरकार छ जस्तो लाग्न छोड्यो ।’ बगनासकाली गाउँपालिका अध्यक्ष कृश्ण बस्यालले पनी सांसद पाण्डेले १ पटक फोन गरेर के छ भनेको तर त्यसपछी कुरा नभएको बताए ।
तर तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका र तिनाँउ गाँउपालिका प्रमुख तथा अध्यक्ष संग भने सांसद पाण्डेको लकडाउन पछीनै ४÷४ पटक सम्म टेलिफोनमा कुरा भएको छ । रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आवस्यक समन्वय तथा जानकारीका लागि सांसद पाण्डेले फोन गरेर जानकारी लिने गरेको बताए । ‘के भैरहेको छ भनेर फोन गर्नुहुन्छ,’ जिसीले भने, ‘हामिले गरेका कामको बिषयमा कुरा हुन्छ, वाहाहरुले अहिले केहि दिनु भएको त छैन, कुरा चाँहि भएको छ ।’ सांसद पाण्डेले आँफुले पटक पटक जिल्लामा सम्पर्क गरेर अपडेट भएकोा बताए ।

दुबै जना सांसद तत्कालीन नेकपा एमालेबाट बिजयी भएकाले नेपाली काङग्रेसले जितेको स्थानिय तहमा समन्वय नगरेको उनिहरु बिचको टेलिफोन संवाद हुने पटकले देखाउँछ । दुखको बेलामा जिल्लामै आएर समन्वय गर्नुपर्ने सांसद कोरोनाको भयले लक डाउनको कारण देखाउँदै राजधानीमै गुपचुप छन । बिना सुरक्षाका सामग्री जनताको घर घरमा पुगेका स्थानिय तहका जनप्रतीनिधीका अगाडि उनिहरुको भुमिका लाजमर्दो छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.