कोरोना राहत कोषमा पहिलो पाईला नेपालको सहयोग

विष्णु पाण्डेय
पाल्पा । विश्व्यापी रुपमा फैलिको कोरोना कोभिड १९ भाईरसको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाको सामाजिक क्षेत्रमा क्रियासिल पहिलो पाईला नेपाल पाल्पाले कोरोना राहत कोषमा सहयोग गरेको छ ।

नेपालले रैनादेवी छहरा गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा १० हजार सहयोग गरेको हो । मंगलबार गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको पहिलो पाईला नेपाल पाल्पा शाखका सचिव दिपक पाण्डेयले जानकारी दिए । रकम हस्तान्तरणमा शाखाका अध्यक्ष ईश्वर ज्ञवाली, उपाध्यक्ष अस्मिता जिसी , सदस्य सुवास पोखरेल लगाएतको सहभागिता रहेको थियो ।

रकम बुझ्दै गाउँपालिकाका अध्यक्ष कार्कीले विपद्को समयमा संस्थाले देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । विपद्को यो घडीमा आफुहरुले गरेको सहयोग सहि ठाउँमा प्रयोग हुनेमा आफुहरु विश्वस्त रहेको शाखाका अध्यक्ष ईश्वर ज्ञवालीले बताए । गाउँपालिकाले स्थापना गरेको राहात कोषमा सस्थाले गरेको यो सहयोग नै पहिलो हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.