भारतमा लकडाउनुको अवधि मे ३ सम्म लम्बियो

भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरस कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ ।

सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए । साथै उनले व्यक्ति व्यक्तिबीचको दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए । प्रधानमन्त्री मोदीले लकडाउनको अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदो अप्रिल २० देखि लकडाउनको कत्तिको पालना भइरहेको छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनको पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।

उनले लकडाउनको पूर्ण पालना गर्न र जुन ठाउँमा छौँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग सात वटा बुँदामा साथ मागेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.