पाल्पामा नक्कली बिरामी बोक्ने एम्बुलेन्स सहित ८ जना यात्रु पक्राउ

पाल्पा , पाल्पामा नक्कली बिरामी बोनेर यात्रा गर्ने ८ जना यात्रुसहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तानसेन नगरपालिका–७, प्रभासदेखि बाग्लुङ्गको खर्बाङ्गतर्फ जादै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्सलाई चेकजाचको क्रममा नक्कली बिरामी बोकोको भेटिएपछि नियन्त्रणमा लिई कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले बिरामीको बाहानामा ८ जना यात्रु बोकेको हुदाँ प्रहरीले सवारी साधन अनुमति कार्यविधि २०७६ विपरीत एम्बुलेन्स चलाएकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय अनुमतिबिना एम्बुलेन्समा यात्रु बोकेर हिडेको भन्दै अनुसन्धान तीव्र बनाएको छ ।

यस्तै लकडाउन उल्लघंन गरि सवारी संचालन गर्ने दुईसय ३५ निजी तथा सार्वजनिक सवारीलाई समेत नियन्त्रणमा लिई कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा लकडाउनलाई प्रभावकारी बनाउनका लागि प्रहरीले अनावश्य सवारी चलाउनेलाई कडाई तथा कारबाही गर्दै आएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.