सुर्खेतमा कोरोनाबारे भ्रम फैलाउने एक जना पक्राउ, अर्का एक जनाको खोजी हुँदै

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ८ को कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारबाही गर्न अनुसन्धान प्रक्रियाअघि बढाइएको बताउनुभयो ।

प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नम्बर १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोस्ट गर्ने प्रेम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.