सरकारलाई कोरोना नियन्त्रण गर्न भन्दै बजेटबाट आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ सरकारलाई फिर्ता पठायो

बुटवल – प्रदेश ५, प्रदेश सभा सचिवालयले ८ करोड ६४ लाख रूपैयाँ प्रदेश सरकारलाई कोरोना नियन्त्रण गर्न भन्दै फिर्ता गरेको छ । प्रदेश सभा सचिवालयले मंगलबार आठ करोड ६४ लाख ३२ हजार रुपैयाँ बजेट प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत प्रदेश सरकारलाई फिर्ता गरेको हो ।

कोरोना भाइरस कोभिड–१ को रोकथाम र उपचारका लागि रकम फिर्ता गरेको प्रदेश सचिवालयले जनाएको छ । प्रदेश सभाका लागि चालु आर्थिक वर्षमा ३३ करोड १७ लाख ७४ हजार रुपैयाँ बजेट रहेकामा लकडाउनका कारण प्रदेश सभा बैठक चल्न नसकेकाले कोरोना नियनत्रणका लागि सरकारलाइ सहज होस् भनेर रकम फर्ता गरिएको सभामुख पूर्णबहादुर घर्तीमगरले बताउनुभयो ।

उहाँले संकटका बेला प्रदेशसभाका अन्य कार्यक्रम पनि कटौती भएकाले खर्च हुन नसक्ने बजेट फिर्तागरिएको बताउनुभयो ।यसअघि प्रदेश सभा सचिवालयले सभामुख पूर्णबहादुर घर्तीमगर र उपसभामुख कृष्णी थारूको एक महिनाको तलब, प्रदेश सभा सदस्यहरूको १५ दिनको तलब र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरूको तह अनुसार एकमुष्ठ २३ लाख ३० हजार ४ सय २५ रूपयाँ प्रदेश सरकारले स्थापना गरेको प्रदेश प्रकोप व्यवस्थापन तथा उपचार कोषमा जम्मा गरिसकेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.