तिनाउमा रूखले च्यापिएर एक जना युवाको मृत्यु

पाल्पा – तिनाउ गाउँपालिका वडा नं १, ठूलीदान भन्ने स्थानको मसिना सामुदायिक वनमा रूख काट्ने क्रममा एक जना युबकको रूखले च्यापिएर ज्यान गएको छ ।

बुधबार दिउँशो सामुदायिक वनमा रूख काट्दा सोही रूखले च्यापिएर तिनाउ १ का ३४ वर्षिय युवक ओमबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ती युवकको घटना स्थलमै ज्यान गएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.