कोरोनाका कारण विश्वभर एक लाख ३४ हजार जनाको मृत्यु, जर्मनीमा लकडाउन खुकुलो

काठमाडौं , जर्मन सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लागि लगाइएको लकडाउन बिस्तारै खुकुलो बनाउने जनाएको छ ।जर्मन चान्स्लर एन्जेला मार्केलले आगामी मे महिनाभर सामाजिक दूरी कायम गर्न आग्रह गर्दै लकडाउनलाई केही खुकुलो बनाउने बताएकी हुन ।उनले सार्वजनिक स्थलमा सावधानी अपनाएर हिडडुल गर्न दिएपनि अत्यावश्वक बाहेक अन्य काममा सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको बताइन ।

कोरोना भाइरस नियन्त्रणका लागि आफूहरुले सफलता हात पारेको भन्दै चान्सलर मार्केलले अझै केही दिन सुरक्षित रुपमा बस्न आफ्ना नागरिकलाई आग्रह गरिन ।यसैबीच कोरोना भाइरसका कारण विश्वर मृत्यु हुनेको संख्या एक लाख ३४ हजार पाँच सयको हाराहारीमा पुगेको छ ।२० लाख ८१ हजार प्रभावितमध्ये करिव ५ लाख १० हजार जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा सबैभन्दा बढी २८ हजार पाँच सय मानिसको मृत्यु भएको छ ।गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीको कारण विश्वका अधिकांश देश प्रभावित भएका छन् ।भारइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्नुका साथै सावधानीहरु अपनाइएका छन् । एजेन्सी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.