स्याङ्जामा पाँच सय ३४ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

स्याङ्जा – स्याङ्जामा पहिलो चरणकोे कोरोना भाइरस कोभिड १९ को नमुना परीक्षण बुधवारदेखि सकिएको छ । स्याङ्जाका ११ वटै पालिकामा पुगेर पाँच सय ३४ जनाको कोरोनाको नमुना सङ्कलन गरिएको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडीटी विधिबाट बुधबार चापाकोट, गल्याङ र वालिङ नगरपालिकामा गरी एक सय २३ जनामा गरिएको परीक्षणको नतिजा पनि नेगेटिभ देखिएको छ । यो नतिजासँगै स्याङ्जामा पहिलो चरणको कोरोना भाइरसको नमुना परीक्षणको काम सकिएको र बिहीबारदेखि दोस्रो चरणका अन्य कार्यहरु अघि बढाइने भएको छ ।

पहिलो चरणमा स्वतस्फूर्त रुपमा नमुना परीक्षणमा नआउनेलाई दोस्रो चरणमा घरघरमा पुगेर खोजी गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिनुभयो ।स्याङ्जामा यसअघि ६ सय २४ जना विदेशबाट आएको विवरण सार्वजनिक भएको थियो । उनीहरु सबैको दोस्रो चरणमा खोजी गरिने प्रशासनको भनाइ छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.