नगरपालिकाका सरसफाइ शाखा प्रमुख भन्छन ५ दिन काम हुन्छ, कर्मचारी भन्छन २ दिन काम गर्छौ

नारायण न्यौपाने
पाल्पा, बैशाख ५
लकडाउनपछी तानसेनमा साताको २ दिन मात्रै फोहोर संकलन गरिएको छ । को*रोना भाइरस संक्रमण बाट असुरक्षित हुने भएकाले फोहोर संकलन गर्ने कार्य ६ दिन बाट घटायर सातामा २ दिन मात्रै गरिएको हो । १६ बर्षदेखि फोहोर संकलन गर्ने काम गर्ने ३२ बर्षिय फत्तबहादुर दर्जिले गम बुट, पन्जा र माक्स पायपनी आफुहरु सुरक्षित हुन नसकेकोले अहिले काम गर्ने दिन घटायको बताए । ‘अहिले हामि सबैलाइ ५ दिन बिदा दिइएको छ,’ दर्जिले भने, ‘सातामा २ दिन काम गरेका छौँ ।’ अर्का मजदुर नन्दराम दर्जिले बजारमा फोहोर पनि घटेकाले नगरपालीकाले लक डाउन अबधि सम्म बिदा दिय हुने बताउछन ।

सरकारले लकडाउनमा अत्याबस्यक सेवा अन्तर्गत राखेको फोहोर मैला ब्याबस्थापनका कर्मचारीलाइ बिदा दिन मिल्ने ब्याबस्था छैन । तर नगरपालिकाले तलबी बिदा दिएको छ । स्थानियहरुले लकडाउन पछी फोहोर संकलनमा नगरपालिकाले चासो नदिएको बताएका छन । तानसेन ३ भगवतिटोलका स्थानिय तारा बस्यालले लकडाउन पछी फोहोर संकलन गर्ने गाडि देख्न सम्म पनी नपाएको बताए । ‘घरभरि फोहोर थुप्रीएको छ,’ बस्यालले भने, ‘फोन गरे आएकै त छ नी भन्छन तर फोहोरको गाडि मैले देखेको नै छैन ।’

तर नगरपालिकाका वातावरण तथा सरसफाइ शाखा प्रमुख संकर भण्डारीले सातामा ५ दिन फोहोर संकलनको काम भैरहेको बताएका छन । कर्मचारीले साताको २ दिन मात्रै काम गरेका छौँ भन्ने अनि तपाइ कसरी ५ दिन भएको छ भन्नुहुन्छ ? भन्ने प्रश्नमा भण्डारीले भने, ‘हैन काम भएको छ, मैले कठिन परिस्थितिका बावजुत पनी काम गरेको छु, पसले संग माक्स सम्म पनी मागेर कर्मचारीलाइ दिएको छु ।’ नगरपालिकाका प्रमुख अशोक कुमार साहिले अन्य कुरामा ध्यान दिन परेकाले फोहोर संकलन गर्ने दिन घटाएको बताए । उनले आँफु बैठकमा भएकाले यसबारे पछि कुरा गर्ने बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.