ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

धादिङ — ज्वालामुखी गाउँपालिका वडा नम्बर–३, मैदी स्थत स्वास्थ्य केन्द्रमा गरिएको ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ रिपोर्ट आएका २७ वर्षीय युवकको पीसीआर परीक्षणमा नेगेटिभ देखिएको छ ।

फागुन २० गते दक्षिण कोरियाबाट आएका ती युवकले हेटौंडा गएर स्वक्वारेन्टाइनमा बसेको दाबी गरेका थिए । पछि स्थानीय जनप्रतिनिधिहरुको दबाबमा उनको आरडीटी परीक्षण गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत विक्रम बीकेले जानकारी दिए ।ऱ्यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखिएका धादिङका युवकमा कोरोना संक्रमण देखिएन

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.