बिवेकहिन निर्णय, रैनादेबि छहरा गाउँपालिकामा आवत जावत रोक्न रुख ढालेर बाटो बन्द

नारायण न्यौपाने
पाल्पा, बैशाख ६
जरुरी सवारीको हेक्का नराखि आवत जावतनै बन्द गर्ने भन्दै रैनादेबि छहरा गाउँपालिकाले रुखनै ढालेर सडक अबरुद्व गरेको छ । गाउँपालिकाको वडा न ३ भुवनपोखरीका ५ ठाउँमा रुख ढलाएर बाटो बन्द गरिएको हो । वडा अध्यक्ष लाल बहादुर दर्लामीको नेत्रित्वमा रुख ढालिएको छ । छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीबाट मानिसहरु निर्वाध आउन थालेपछी बाटो बन्द गरिएको दर्लामीले बताए । उनले भने, ‘वडामा गठित को*रोना नियन्त्रण समितीको निर्णय अनुसार रुख ढालेर बाटो बन्द गरिएको हो । समितीमा वडा सदस्य, स्वास्थ्य कर्मी, बिध्यालयका प्रधानाध्यापक र राजनितीक दलका प्रतिनिधी रहेका छन । अत्याबस्यक कामका लागि अरु बाटोहरु प्रयोग गर्न सकिन्छ । पहिलो कुरो कोरोना बाट बच्नु पर्छ ।’

गाउँपालिका अध्यक्ष राम बहादुर कार्किले पालिका भित्र बन्द गरिएको सडकले असर नगर्ने तर अर्घाखाँची जिल्लाबाट आउनेलाइ मात्रै समस्या हुने बताए । ‘त्यो चोर बाटो हो, अरु बैकल्पीक बाटो छन,’ उनले भने,‘ के रहेछ त्यै पनी म गयर बुझछु, समस्या हामिलाइ हुँदैन भएपनी अर्घाखाँची बाट आउनेलाइ हुने हो ।’

सुरक्षा सतर्कता नअपनाउने, अत्याबस्यक बाहेक सवारी आवत जावत बन्द गर्ने ब्याबस्थाका लागि म्यानपावर खटाउने बिषयमा ध्यान नदिइ महत्वपुर्ण क्षेत्र बाटो त्यो पनी रुखनै ढालेर बन्द गरिनु निन्दनीय कार्य भएको कतिपयको भनाइ छ । कोरोना भाइरस रोक्ने बाहनामा यसो गरिनु गलत भएको भन्दै स्थानिय तन बहादुर कुमालले भने, ‘यसो गर्नु मलाइ पनि उचित लागेन, हामी भन्दा उच्च तहका मानिसले बिचार पुर्याउनु पर्ने हैन ? भोलि जनता लाई केही सम्स्या पर्यो वा बिरामी भएर गडिमा लैजानु पर्यो भनी तिनिहरु गएर हटाउन सक्छन त ?’

प्रहरी र प्रसाशन पनी यसरी सडक बन्द गरिएको प्रती बेखवर छन । प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले यसरी सडक बन्द गर्न नमिल्ने भन्दै अनाबस्यक आवत जावत बन्द गर्न स्थानिय तहले अरु बिकल्प अपनाउनु पर्ने बताए । ‘प्रहरी परिचालन गर्न सकिन्छ, जनप्रतीनिधीले अरु ब्याबस्या गरेर मानिस खटाउन सक्नुहुन्छ,’ सुबेदीले भने, ‘रुख ढालेर बाटो बन्द गर्न त पाइदैन, मिल्दैन ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.