मिसन अस्पतालमा भर्ना भएका एक युवाको स्वाब परीक्षण गर्न पठाइयो

पाल्पा – अस्थायी रूपमा तानसेन बस्ने तर स्थायी गुल्मी घर भएका एक जना युवाको स्वाब परीक्षणका लागि शनिबार प्रदेश स्तरीय प्रयोगशालामा पठाइएको छ । कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएपछि ३२ वर्षका ती युवाको स्वाब परीक्षणका लागि नमूना पठाइएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।

आफू नेपालमै बस्ने भएपनि विदेशबाट आएका मानिससँग समेत हेलमेल गरेका ती युवालाई केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लाग्ने र छातीमा समेत केही समस्या देखिएको छ । उनी अहिले अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् ।स्वाब परीक्षणको रिपोर्ट भोलि आइतबार आउने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

पाल्पाबाट हालसम्म ८ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो । यी युवासँगै पाल्पाबाट अहिलेसम्म ९ जनाको स्वाब परीक्षण गर्न पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.