तानसेन नगरपालिकाको उदाहरणीय काम , घरघरमा सुपथ मूल्यमा एम्बुलेन्स सेवा मार्फत तरकारी उपलब्ध

पाल्पा , पाल्पाको तानसेन नगरपालिकाले नागरिकको घरघरमा तरकारी पुर्याएको छ । नगरपालिका मातहतको तानसेन युवा परिषद्‍मार्फत घरघरमा सुपथ मूल्यमा तरकारी उपलब्ध गराइएको हो । नगरपालिकाले विभिन्न तरकारी समावेश गरेर ५ किलो बराबरको एउटा पोको बनाएको छ ।किसान र उपभोक्ताबीच समन्वय गरेको तानसेन नगरपालिकाको तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए ।

लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँने र उपभोक्ताले तरकारी नपाउने समस्या आएपछि आफूहरुले सहजीकरण गरेको नगरपालिकाले जनाएको छ ।तरकारी एक सय र ५० रुपैयाँका पोकामा उपलब्ध गराइएको छ । तरकारी एम्बुलेन्समार्फत तरकारी बितरण गरिने र तरकारी एम्बुलेन्स शहरी क्षेत्रका उपभोक्ताका घरघरमा पुग्नेछ ।

एक परिवारले फरक फरक ३ पोकासम्म किन्न पाउने व्यवस्था गरिएको छ ।आइतबारको मूल्य अनुसार पोकामा समावेश गरिएका तरकारीमा काउली प्रतिकिलो २०, बन्द प्रतिकिलो १० रुपैयाँ, काक्रो प्रतिकिलो ३५ रुपैैयाँ कायम गरिएको छ । तरकारीको मूल्य किसानले निर्धारण गरे अनुसार नै हुनेछ ।

नगरपालिकाले संगम मदनपोखरा कृषि सहकारीको सहयोगमा तानसेन युवा परिषद् पाल्पाको संयोजनमा काम थालेको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।तरकारी एम्बुलेन्स बिहान ९ बजेदेखि ११ बजेसम्म टुँडिखेल, नारायणस्थान, सित्तलपाटीलगायतका क्षेत्रका घरघरमा पुग्नेछ । अग्रिम आवश्यकता भएमा परिषद्का अध्यक्ष गुराँस आत्रेयलाई ९८५७०६०८०६ र महासचिव धनु घिमिरेलाई ९८४७०२८३३८ मा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.