बगनासकाली गाउँपालिकाले कर्मचारीको तलव र कार्यपालिका सदस्यको रकम राहत कोषमा जम्मा गर्न निर्णय

पाल्पा , जिल्लाको बगनासकाली गाउँपालिकाले कर्मचारीको तलव र कार्यपालिका सदस्यहरुको रकम कोरोना विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपत् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले चैत महिनाको स्वास्थ्य शाखाका कर्मचारी बाहेक अधिकृत स्तरको ५ दिन र सहायकस्तरका कर्मचारीको ३ दिनको तलव र कार्यपालिका सदस्यहरुबाट ३र३ हजार उठाएर राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी राखेको लकडाउनका कारण विपदमापरेकाहरुका लागि कार्यपालिका सदस्य र कर्मचारीको तलब बापतको रकम विपत् कोषमा जम्मा गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो।
१७ जना गाउँ कार्यपालिका सदस्यहरुबाट तीनरतीन हजारका दरले ५१ हजार र कर्मचारीको तलवबाट करिव १ लाख ५० हजार रकम विपद् कोषमा जम्मा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

हाल सम्म गाउँपालिकाको विपद् कोषमा विभिन्न संघसस्थाहरुबाट १ लाख, ४३ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको छ । नेपाली काँग्रेस बगनासकाली गाउँपालिकाबाट ५१ हजार १ सय ११, प्रदेश सांसद नारायण आचार्यबाट, ३० हजार, राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाबाट २० हजार, पाल्पा प्याब्सनबाट २० हजार, पाल्पाली समाज पोखराबाट १० हजार, बेस नेपालबाट १० हजार, होटल पिसका सञ्चालक रामप्रसाद ढुङ्गानाबाट ३ हजार रकम राहत कोषमा जम्मा भएको हो । सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यवाद दिर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले वितरण गर्ने गाउँपालिकाका अध्यक्ष बस्यालले बताउनुभयो ।

बैंठकले लकडाउनका कारण रोकिएका गाउँपालिका भित्र सञ्चालित निर्माणधिन योजनाहरु सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा निकायसँग समन्वय गर्ने, निर्णय गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न वर्ग र दैनिक ज्यालादारी गर्ने मजदुरहरुका लागि दोस्रो चरणको राहत वितरण कार्य गर्ने तयारी समेत गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.