उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द

खोटाङ – छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द गरिएको छ । उदयपुरमा ठूलो संख्यामा सङ्क्रमित भारतीय नागरिक भेटिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले सोमबारदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्ता दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भित्रिने र सङ्क्रमणको उच्च जोखिम रहेकोले सोमबारदेखि हप्ता दिनको लागि जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

यस अवधिमा लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तीलाई सिधै लगेर क्वरेटीनमा १४ दिन राखिने छन् । हप्ता दिनको लागि विशेषगरी खोटाङ र उदयपुरबीचको नाका पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.