श्रीनगर यातायातद्वारा तानसेन नगरपालिकाको को*रोना राहत कोषमा १ लाख ५१ हजार

भबिन्द्र गौतम
पाल्पा,९ बैसाख
श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. पाल्पाले तानसेन नगरपालिकाले स्थापना गरेको को*रोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा १ लाख ५१ हजार रुपियाँ प्रदान गरेको छ । सोमबार तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीलाइ १ लाख ५१ हजार रुपैयाँको चेक प्रा.लि. का अध्यक्ष डिल बहादुर ढुङ्गानाले प्रदान गरेका हुन ।

चेक हस्तान्तरण ग्रदै प्रालीका अध्यक्ष ढुङ्गानाले बिश्वब्यापी रुपमा फैलिएको को*रोना भाइरस नियन्त्रणका लागी सहयोग पुगोस भनेर रकम हस्तान्तरण गरेको बताए । सामाजिक उत्तरदायित्व पुरा गर्दै नाफा भन्दापनि सहयोग र समाजसेवाको रुपमा कम्पनीलाई चिनाउन पाउँदा सन्तुष्टि मिलेको अध्यक्षको ढुङ्गानाको भनाइ छ । को*रोना भाइरसको जोखिम बढिरहेको अवस्थामा श्रीनगर यातायात सेवा कम्पनीले गरेको सहयोगको उच्च प्रसंशा गर्दै नगरप्रमुख अशोक कुमार शाहीले धन्यवाद सहित आभार ब्याक्त गरे ।

सोमबार नै बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था र बर्तुङ्ग खानेपानी उपभोक्ता समितीले तानसेन नगरपलिकाको राहत कोषमा एघार हजार रुपैयाँका दरले रकम हस्तान्तरण छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.