राहतको नाममा कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

‘मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर थप निर्णय लिन्छौं,’ एसपी पंगेनीले भने ।कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा चैत २८ गते वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाही माग गरेका थिए राहत वितरण कार्यमा संलग्न सातजनालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.