बगनासकाली गाउपालिकाका उपभोक्तालाई सस्तो मूल्यमा तरकारी वितरण,

पाल्पा,किसानका दुखमा पाल्पाको बगनासकाली गाउँपालिकाले साथ दिन शुरु गरेको छ । मंगलबार देखि किसानको खेत बारीमै पुगेर तरकारी गरिद गरी पालीका भित्रका घरदैलोमै पुर्याएर बिक्रि बितरण शुरु गरेको पालीकाले कुखुरा ब्यवशायीलाई पनि सहयोग गरेको हो । पालीकाकै गाडी प्रयोग गरी सस्तो र ताजा तरकारी उपभोक्ताहरुको घरमा पुर्याउन शुरु गरिएको पालीकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो ।

मंगलवारदेखी सुरु गरिएको कृषि एम्बुलेन्स मार्फत ५ टन किसान संग खरिद गरी विक्री गरिएको छ । पहिलो दिन बगनासकाली गाउपालिका वडा नं. २ पोखराथोकका किसान संग खरिद गरी वडा नं. ९ चापपानीमा विक्री गरिएको छ । बन्दा प्रति किलो १० रुपैया र काक्रो प्रतिकिलो ४० रुपैयाका दरले खरिद विक्री गरिएको जनाइएको छ ।गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले किसानलाई राहत दिन गाउपालिकाले यो अभियान चलाएको बताउनुभयो ।

व्रोइलर कुखुरा पालन गर्ने किसानले कुखुरा बेच्न नपाउदा अप्ठेरोमा परेको भन्दै उनीहरुलाई दाना र मासु बिक्रिका लागी पनि पालीकाले सहयोग गरेको पालीकाकी उपाध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । मंगलवार मात्रै २ हजार बढी कुखुराहरु गाउपालिकाको सहजिकरणमा विक्री भएको उपाध्यक्ष चिदिको भनाई छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.