एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर सिल

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आवत जावत बन्द गर्न सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जिल्ला सिल गरेको हो । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो ।

अत्यावश्यक काममा जिल्ला आउनुपर्नेलाई उदयपुरको सबै सिमानामा हेल्प डेक्स राखिएको छ र त्यहीँ स्वास्थ्य जाँच गराइ जिल्ला भित्रिन दिइने बताइएको छ ।जिल्ला सिल गरिए पनि खाद्यान्न, दूध डेरी, मेडिकल पसल, अस्पताल, ग्यास डिलरजस्ता अत्यावश्यक सामग्रीका पसलहरु खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाभित्र आउने र जिल्लाबाहिर जाने मानिसहरुलाई उच्च सर्तकताका साथ आवत जावत गर्न दिने प्रहरी प्रमुख, एसपी वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।मङ्गलबार भुल्केमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो यसअघि त्यही ठाउँको एउटा भवनमा रहेका १६ मध्ये १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.