क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु

सर्लाही ,क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको छ ।सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रको लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा आमाबुवासँगै क्वारेन्टाइनमा रहेका आठ महिने शिशुको मृत्यु भएको हो ।रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर फुलजोरका तारादेवी वाईवा श्रीमती र आठ महिने छोरासहित तीन दिनअघि मात्रै गाउँ आएका थिए ।

उनीहरुलाई झल्ला चौडीस्थित रुन्चे बजारको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । सोही क्वारेन्टाइनमा आमा बुवासँगै सुतेका बालकको हिजो राती मृत्यु भएको हो ।

बच्चालाई राती अचानक धेरै ज्वरो आएको र निमोनियाको समस्या जस्तो देखिएको शिशुको बाबुको भनाइ छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.