हतियारसहित चारजना सिकारी पक्राउ

दाङ : डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, १ थान भरुवा बन्दुक र ४ वटा मोटरसाइकलसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन्।

वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका ४ जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले बताए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो ।

सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए । त्यसैगरी वन कार्यालय यस अघि पनि दाङका विभिन्न स्थानबाट काठ चोरी तस्करी गर्ने १० जनालाई पक्राउ गरेको छ, ४ वटा गाडि र ४ सय क्युफुट काठ नियन्त्रण लिएको वन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.