यसपालि यस्तै भो आमा !

डा. साधना प्रतीक्षाविचार,बुढ्यौलीको छातीभरि सन्तानको माया समेटेर, खोबिल्टाभित्र धसिएका आँखाहरूमा उनीहरूको आगमनको आशा भरेर एकाबिहानै किम्बुको बोटमा कौवा कराउँदा उत्साही भएर बाटो कुरिरहेकी आमा, यसपालि यस्तै भो ! तिम्रा चरण स्पर्श गर्दै तिमीलाई सुस्वास्थ्य र दीर्घायुको कामना गरी तिमीबाट आशीर्वाद लिन सकेनौं ! हाम्राबीच आज संकटको यस्तो पहाड उभिएको छ आमा, जसलाई पार गर्न न तिम्रो मातृत्वले सक्छ न त हाम्रो कर्तव्यले नै। त्यसैले किंकर्तव्यविमुढ भएर अलपत्र परिरहेका हामी केवल हृदयले सम्मान गर्दछौं, कल्पनामै तिमीलाई पुज्दैछौं आमा ! तिम्रो टालेको चोलो अनि फाटेको फरिया फेरिदिने सपना बोकेर भएको एकटुक्रा खेत समेत बन्धकी राखेर विदेश पसेका हामी आज कराहीबाट उछिट्टिएर अँगेनामा परेझैं भएका छौं।

पराया भूमिमा अहोरात्र पसिना बगाएर परिवारको सुनौलो भविष्यको सपना देखिरहेका हामी आज संसारलाई एकैसाथ त्रसित बनाइरहेको ‘कोरोना’ का कारण काम र मामबाट समेत बिमुख हुनुपर्ने अवस्थामा छौं। यो बिरानो भूमिको एकान्तबासमा निसासिँदै आज हामी आफ्नै गाउँघर सम्झिरहेका छौं। हामीजस्ता लक्काजवान छोराहरू बिदेसिएपछि बाँझा रहेका बारी–गराहरूमा उम्रेको सिस्नो अनि तितेपातीजस्तो तितो र बिझाउने मनले अहिले पश्चाताप गरिरहेछौं आमा ! त्यहीं बसेर तिनै गरा र टारी जोतेको भए, नौमुले र सिरसिरेको पानी कुल्याएर सिन्चिएको भए आज त्यहीं सुन फल्ने थियो होला। तिमीजस्ता तमाम आमा अनि लालाबालाहरूको मुखमा माड लगाउन एकमुठी अन्नका लागि अरूको भर पर्नु पर्दैन्थ्यो होला ! नाक–मुख छोप्दै किनेर ल्याएको वस्तु साबुनले धोएर खानुभन्दा त आफ्नै बारीबाट टिपेर अनि भकारीबाट झिकेर खान पाइन्थ्यो होला।

आमा ! सम्झना मात्रले पनि मुटु भक्कानिएर आउँछ। चारैतिरको महामारीबीच हामी यहाँ छट्पटाइरहेका छौं, तिमी त्यहाँ आकुल–व्याकुल छौ ! मान्छे भएर मान्छेसितै डराउनुपर्ने, समाजमा रहेर पनि एक्लिएर बस्नुपर्ने यो कस्तो विडम्बना हो आमा ? पैसाले सबैथोक पाइन्छ भन्थ्यौं तर त्यो त मिथ्या रहेछ आमा ! किनकि, पैसाले पनि जीवन किन्न सकिँदोरहेनछ। तिमीलाई मखमलको चोली अनि पूmलबुट्टे फरिया लिएर अनि हिँड्ने बेलामा तिमीले बाटो खर्च भनेर आफ्ना कानबाट फुकालेर दिएको जस्तै ढुङ्ग्री पनि बनाएर ल्याउँला भनेको तर यसपालि यस्तै भयो आमा ! मन बुझाएर बसे है !

डलर टिप्ने सपना बोकेर मातृभूमिबाट टाढिएका हामी आज त्यही डलरको बोटमुनि अलपत्र परिरहेका छौं ! जननी र जन्मभूमिकोमहत्तवबोधयतिबेला भइरहेको छ। परिवार र आफन्तको माया अनि आफ्नोपनको अभाव अहिले खटकिरहेको छ आमा औद्योगिकसहरकाकारखानाहरूमा मेसिनसँगै घुम्दाघुम्दै मेसिनजस्तै भएका हामी बल्ल मान्छे हुन थालेका छौं किनकि, यहाँका कलकारखाना बन्द हुन थालिसकेका छन्। त्यसैले त अहिले हामी काम नगरी खान पाइँदोरहेनछ भन्ने यथार्थबोध पनि गरिरहेका छौं ! यस्तो विषम परिस्थितिमा हामी यो महामारीको शीघ्र अन्त्य होस् भन्नुबाहेक केही गर्न सकिरहेका छैनौं किनकि, आज मानिसका लागि संसार नै बन्दीगृह बनेको छ। अरूको उन्नति र प्रविधिमा मख्ख परेर आफ्नो धरातल बिर्सेका हामी अघिल्ला वर्षहरूमा त तिमीलाई वर्षको एकचोटि यही दिनमा सम्झन्थ्यौं। भिडियो कल गरेर अनि फेसबुकका भित्तााभरि आमालाई सम्झने र शुभकामना दिने प्रतिस्पर्धा नै गर्दथ्यौं। त्यसपछि आफ्नो दायित्व पूरा भएको ठानेर पुनः आफ्नै संसारमा व्यस्त हुन्थ्यौं तर यसपालि यस्तै भो आमा ! तिमीलाई मोबाइल र ट्याबमा होइन, प्रत्यक्ष भेट्ने अनि तिम्रो छातीमा वि श्राम गरेर पश्चातापको आँसु बगाउने मन थियो तर थाहा छैन हामीमाझ ठडिएको यो सन्त्रासको पर्खाल कहिले ढल्ने हो !

आमा ! हामी तिम्रा सन्तान थरिथरिका हौं, त्यसैले हाम्रो बेथा पनि थरिथरिको बनिरहेछ अचेल। गाउँघरमा वर्षदिन घोटिँदा पनि तीन महिना खान नपुग्ने पिरलोले बाध्य भएर मुग्लान झर्‍यौं। सधैंजसो त चाडबाडमा अलिकति मीठोमसिनो अनि नाना–चाचाको जोहो गरेर घर फर्कन्थ्यौं तर यसपालि हामी दुखियालाई समयले पनि दुःख थपिदिएको छ। परदेशमा एकातिर महामारी फैलँदो छ, अर्कातिर हामी बेरोजगार भएका छौं। त्यसैले आफ्नै गाउँ–घर फर्केर दुःखजिलो गर्ने चाहनाले सीमासम्म त आयौं आमा, तर आफ्नै भूमिमा छिर्न पाएनौं। यो कस्तो विडम्बना हो आमा ! तिम्रा सन्तानलाई तिम्रै दैलोमा छिर्न निषेध गरिएको छ। हाम्रो सरकार कति कमजोर रहेछ आमा, स्वदेश फर्कन चाहने आफ्नै जनतालाई स्वास्थ्यपरीक्षण तथा आवश्यक सुरक्षाका साथ आफ्नो भूमिमा भिœयाउन नसक्ने ! आज हामीलाई सीमानामा यसरी रोक्नेहरूले बिगतमा हामीलाई आफ्नै गाउँ, आफ्नै देशमा बस्न सक्ने वातावरण किन नबनाएका ? हामीमध्ये कतिपय रहरले त कति करले बिदेसिन खोज्दा खुसी हुँदै पूलमाला पहिराएर बिदाई गर्नेहरूले देशलाई केटाकेटी र बूढापाकाभन्दा जवान पाखुरीको खाँचो बढी हुन्छ भन्ने किन सोचेनन् ?

आपूmलाई देशको अगुवा ठान्नेहरूले, सत्ताा सम्हालेर देश विकास गर्छु भन्नेहरूले तिमीजस्ती अपार प्राकृतिक सम्पदाकी खानी आमाको महत्तव कहिल्यै बुझेनन् या बुझ पचाए खै ? तिमीलाई हराभरा पार्नुको सट्टा तिम्रा जवान छोरा–छोरीलाई मरुभूमिको रापतिर धकेलेर आएको पैसाले तिम्रै छातीमा कंक्रिटको जंगल बनाउन थाले। हामीजस्ता युवालाई सीप र अवसर दिएर आफ्नै भूमिमा आत्मनिर्भर बनाउने नीति नलिएर निरन्तर परनिर्भर बनाउँदै लगे। त्यसैले त यो आज यो बिरानो भूमिमा छट्पटाउँदै सोचिरहेछौं आमा, कतै हाम्रो देश महामारीले भन्दा भोकमरीले तहसनहस हुने त होइन ? सत्ताा र शक्तिका लागि सदैव हानथाप गर्ने कथित शासकहरूको अदूरदर्शी नीतिका कारण भविष्यको अनिष्ट सपना देख्दै हामी हरेक रात त्रसित भइरहेका छौं आमा !

आमा ! तिमीलाई मोबाइल र ट्याबमा होइन, प्रत्यक्ष भेट्ने अनि तिम्रो छातीमा वि श्राम गरेर पश्चातापको आँसु बगाउने मन थियो तर थाहा छैन हामीमाझ ठडिएको यो कोरोनारुपी सन्त्रासको पर्खाल कहिले ढल्ने हो !यतिमात्र होइन आमा, तिम्रा सन्तानको पीडा। ज्याला–मजदुरी गर्न, सानेतिनो व्यापार गर्न र अवसरको खोजी गर्दै आफ्नै देशको सहर पसेका हामी पनि महिनादिनदेखिको बन्दका कारण अलपत्र छौं। घर फर्कने साधन छैन, यतै बस्न रासन छैन। कामधन्दा ठप्प भएपछि खानेबस्ने उपाय भएन। त्यसैले त हामी ज्यानको बाजी लगाएर ढुंगे युगको कल्पना गर्दै पैदल यात्रामा लम्कियौं। दुःखीमाथि नै दुःखको बज्रपात हुँदोरहेछ नि आमा ! एकातिर प्रशासनले लखेटिरहेछ, अर्कातिर मौसमले, कहिले हावाहुरी र कहिले असिना–पानी गरेर तर्साइरहेछ।

आज हामी आफैंले खसालेको भोटलाई धिककारिरहेछौं आमा किनभने ती हाम्रा जनप्रतिनिधिहरूले यस्तो विपत्को घडीमा आफ्नो क्षेत्रका घर फर्कन खोज्ने मतदातालाई समेत सुरक्षित घर फर्काउने पहल गर्न सक्दैनन् भने तिनीहरू र तिनले बनाएको सरकारबाट हामीले अरू के नै आशा गर्न सक्छौं र ? रोगले पनि मर्नु नै छ, भोकले पनि मर्नु नै छ ! यी दुवैलाई जितेर बाँचिएछ भने नयाँ जीवन र नयाँ सोचका साथ केही गरौंला भन्दै हिम्मत नहारी हामी लम्किरहेका छौं। आफ्नो गाउँमा पुगियो भने एक छाक ढिँडो र खोलेसाग नै खाएर पेटमा पटुका कसेर यो वर्षामा खेतीबाली लगाऔंला अनि आउँदो हिउँदमा आफ्नै आँगनको पारिलो घाममा बसेर पेटभरि खाऔंला ! दुई–चारवटा पाठा–बाच्छा र चल्ला हुर्काउन सके पनि भुन्टे र सानीको पढाइ अघि बढाउन सकौंला। जतिसुकै हण्डर खाए पनि हामी आफ्नै घर फर्कन चाहन्छौं। मन त थियो मेवा–मिष्टान्न र कोसेलीको पोको लिएर तिम्रो मुख हेर्न आउँ तर यसपालि यस्तै भो आमा ! बाँचिएछ भने अर्को साल !

आमा, हरेस नखाऊ अनि मक्किएको धुरीखाँबोलाई त्यो बुढ्यौली काँधले केही समय थामिरहु। रात जति नै कालो र लामो भए पनि बिहानी त आउनु नै छ। बाटो बिराएका तिम्रा सन्तानको आँखा अब खुल्दैछ आमा। आफ्नो घर बलियो भए मात्र हामी सुरक्षित हुन्छौं अनि आफ्नो खेत मलिलो भए मात्र अघाउन्जेल खान पाइन्छ भन्ने बल्ल बुभ्mदैछौं। त्यसैले आमा, अब हामी आफ्नै भूमिमा फर्केर, त्यहींको माटोसँग साइनो गाँस्न लालायित छौं। भनिदेऊ आमा ती विकासे अगुवाहरूलाई कि अब हामीलाई कंक्रिटको सहरीकरण होइन, हरित–क्रान्तिको आवश्यकता छ। आफ्ना आवश्यकता आफैं पूरा गर्न औद्योगिक क्रान्ति पनि हामीले नै गर्नुछ। अर्काको मुख ताक्नुभन्दा आफैं अघि बढ्ने आशीर्वाद देऊ आमा ! सन्तानको पर्खाइमा थाकेका आँखाबाट सन्ध्याकालमा बर्र आँसु नझारे आमा, बरु त्यसलाई परेलीमै दबाएर यो महामारीको अन्त्यका लागि तुलसीको मठमा दियो बालिदिनू। मनमनै शुभकामना र आशीर्वाद आदान–प्रदान गरौं है आमा, यसपालि यस्तै भो !साभार: अन्नपुर्ण पोष्ट

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.