चौतर्फी आलोचनापछि विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार

प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनुभएको छ ।नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यसबारेमा आफुले कानुनी छलफल समेत थालेको ओलीले प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।

पार्टी फुटाउन चाहिने सांसद र केन्द्रीय समितिको सङ्ख्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रै र बाहिरबाटसमेत चौतर्फी आलोचना भैरहेको छ ।

यसबारमा तत्काल स्थायी कमिटिको बैठक बोलाउन पनि प्रधानमन्त्री ओलीलाई दबाब परेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.