बगनासकाली गाउँपालिकामा आज देखी दोस्रो चरणको राहत वितरण सुरु

पाल्पा,पहिलो चरणको राहत वितरण गरिसकेको जिल्लाको बगनासकाली गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । विपन्न नागरिक तथा दैनिक ज्याला मजदुरी गर्नेलाई लक्षित गरी गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको हो । लकडाउनको समय बढेपछि विपन्नको गास नरोकिउस् भन्ने उद्देश्यले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

गाउँपालिको ९ वटै वडामा रहेका ६ सय ११ विपन्न घरलाई दोस्रो चरणको राहत वितरण शनिबारदेखि सुरु गर्न लागेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।गाउँपालिकाले पहिलो चरणमा ३ सय ८० घरपरिवारलाई राहत दिएको थियो । अति विपन्न परिवारलाई प्रति परिवार २० के।जी चामल, २ के।जी दाल, १ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

लकडाउनका कारण लामो समय काम गर्न नपाउँदा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएकाले राहत स्वरुप खाद्यान्न वितरण गरिर्दै आएको अध्यक्ष बस्यालले बताउनुभयो । ‘गाउँपालिकामा थुप्रै स्थानीय दैनिक ज्यालादारी गरेरै जिविका चलाउँनेहरु छन्, यीनै नागरिकलाई लक्षित गरी गाउँपालिकाले कसैलाई पनि भोकभोकै बस्न नपरोस् भन्दै राहत वितरण गरेका हौ’ उहाले बताउनुभयो । जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको रहेको अध्यक्ष्य बस्यालले बताउनुभयो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.