पूर्वी नेपालबाट बिना चेकजाँच सुदूरपश्चिममा भित्रिए ३ हजार नागरिक

टीकापुर , कोरोना संक्रमणको जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा पूर्वी नेपालबाट आएका झण्डै ३ हजार नागरिक बिना चेकजाँच भित्रिएका छन्। लकडाउन लम्बिँदै गएपछि पूर्वी नेपालका विभिन्न जिल्लाबाट सुदूरपश्चिम आएका उनीहरु, प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीबाट चेकजाँच बिना नै प्रवेश गरेका हुन्। चिसापानीमा हेल्थ डेस्कसमेत सञ्चालन गरिएको छैन। उनीहरुको व्यक्तिगत विवरण लिएर विभिन्न स्थानीय तहहरुमा पठाइने गरिएको छ। लम्कीचुहा नगरपालिका३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार चैत्र २७ गतेदेखि चिसापानीबाट झण्डै तीन हजार नागरिक सुदूरपश्चिम प्रवेश गरेका हुन्।

चैत्र २७ गतेपछि बिहीबारसम्म २ हजार ५ सय ८ जना नागरिकले सुदूरपश्चिम प्रवेश गरेका छन्। शुक्रबार र शनिबार ५ सय बढी नागरिकहरु सुदूरपश्चिममा भित्रिएका हुन्। नगरपालिकाले बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखन थालिएपछि, हेल्थ डेस्क हटाएको जनाएको छ। पूर्वी नेपालमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएका बेला सुदूरपश्चिमको प्रवेशद्वारा चिसापानीमा ज्वरोसमेत परीक्षण नहुनुले कोरोनाको जोखिम बढेको छ। यसअघि, वीरगञ्जबाट लम्कीचुहा पुगेकी ५३ वर्षीय पाना विकमा कोरोना पोजिटिभ देखिएको थियो। हाल उनी कोरोनालाई जितेर घर फर्किसकेकी छन्।

पूर्वी नेपालको धादिंङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोट लगायतका जिल्लामा मजदुरी गर्ने सुदूरपश्चिमेलीहरु लडकडाउन लम्बिदै गएपछि धमाधम फर्किन थालेका हुन।केहीअघिसम्म पैदल हिँडेर चिसापानी पुग्ने गरेको भए पनि चाररपाँच दिनदेखि उनीहरु विभिन्न स्थानीय तह र प्रदेश सरकारले व्यवस्था गरेका सवारी साधनमा आइरहेका छन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.