सुदूरपश्चिममा एक हजार २२ जनाको कोरोना परीक्षण, हालसम्म १० जनाको रिपोर्ट पोजेटिभ

कैलाली , सुदूरपश्चिम प्रदेशका एक हजार २२ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर र र्‍यापिड टेस्ट विधिबाट हिजो मात्रै १ हजार २२ जनाको परीक्षण गरिएको हो ।पीसीआर विधिबाट ५४ र र्‍यापिड टेस्ट मार्फत ९ सय ६८ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो सहित अहिलेसम्म प्रदेशमा २ हजार ७ सय १९ जनाको पीसीआर र ११ हजार १ सय ७२ जनाको र्‍यापिड टेस्ट मार्फत कोरोना परीक्षण भएको छ ।जसमध्ये सुदूरपश्चिमका विभिन्न जिल्लाका १० जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । हालसम्म कैलालीमा ३, कञ्चनपुर, डडेल्धुरा र बाजुरमा २/२ तथा अछाममा १ गरी १० जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको हो ।१० जना मध्ये अहिलेसम्म ६ जनाको मात्रै पीसीआर परीक्षण गरिएकोमा नेगेटिभ देखिएको केन्द्रले जनाएको छ ।

यस्तै केन्द्रले सुदूरपश्चिम प्रदेश भरि ८२ जनाको रिपोर्ट इरर आएको जनाएको छ । बझाङमा ३६, कञ्चनपुरमा ३०, डडेल्धुरामा १०, अछाम र बाजुरमा २/२ तथा दार्चुलामा एक जनाको रिपोर्ट इरर आएको हो ।प्रदेशका अस्पतालहरुबाट अहिलेसम्म ४ जना कोरोना संक्रमितसहित १ सय ६ जना डिस्चार्ज भइसकेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.