वीरगन्जका ५५ वर्षीय कोरोना संक्रमित दिल्लीको जमातमा सहभागी भएको खुलाशा

वीरगन्ज , वीरगञ्जमा आइतबार भेटिएका कोरोनाका २ संक्रमितमध्ये इनर्वाका ५५ वर्षीय संक्रमित पुरुष ,भारत दिल्लीको मुस्लिम धार्मिक सभा तबलगी जमातमा सहभागी भएर नेपाल फर्किएको खुलेको छ ।आइतबार वीरगन्ज १६ इनर्वाका ५५ वर्षीय र वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । ती दुवै संक्रमितको ट्राभल हिष्ट्री भ्रमण यात्रा विवरण० अध्ययनका क्रममा इनर्वाका संक्रमीत ५५ वर्षीय, भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको भनिएको दिल्लीको तबलगी जमातमा सहभागी भएको खुलेको हो ।

आइतबार कोरोना पुष्टि भएपछि ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा, मार्चमा दिल्लीको धार्मिक सभामा उनी सहभागी भएको खुलेको वीरगन्जमा रहेको नेपाली सेनाको चण्डीनाथ गणका गणपति कर्णेल मदनजंग राणाले जानकारी दिए । मार्च १ तारिख देखि १५ तारिखसम्म दिल्लीमा मुीस्लम धार्मिक प्रचारक तबलीगी जमातहरुको धार्मिक सभा भएको थियो ।राणका अनुसार, वीरगन्ज इनर्वाका संक्रमित, मार्च ६ तारिखमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई मार्च ११ तारिख अर्थात गत फागुन २८ गते वीरगन्ज इनर्वास्थित घर फर्किएका थिए । घर फर्किएको करिब डेढ महिना पछि आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसअघि एक सातादेखि उनलाइ वीरगन्ज श्रीपुरको सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । वीरगन्जमा चैत ३० गते भेटिएका कोरोना संक्रमीत ३ भारतीय समातीहरुको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेपछि एक हप्ता पहिले देखि उनलाइ सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो आइतबार कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार नै बिहान उनलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ ।उनको परिवारका चारजना सदस्यलाई घरको होम क्वारेन्टाइनमा बस्न भनिएको छ । आइतबार कोरोना संत्रक्रमण पुष्टि भएका वीरगन्ज ३ छपकैया घर भएका महानगरपालिका सरसफाइ कर्मचारी ४९ वर्षीय संक्रमितलाई पनि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा ती दुवैसँगै सर्लाहीबाट एक हप्ता पहिले ल्याइएका १४ वर्षीय बालकलाई पनि राखिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.