वीरेन्द्रनगर नगरपालिकाद्वारा रोकिएका आयोजना सुचारु गर्ने तयारी

सुर्खेतमा ‘लकडाउन’का कारण विभिन्न विकासका योजनाहरु अलपत्र परेका छन् ।रोकिएका योजनाहरु पुनः सञ्चालन गर्न स्थानीय निकायले समन्वय गरेपनि कच्चापदार्थको अभावमा काम गर्न सहज नभएको निर्माण व्यवसायीहरु बताउँछन् ।देशमा लकडाउन जारी रहेपनि संघ र प्रदेश सरकारले वातावरण अनुकूल बनाएर विकास निर्माणका काम सुचारु गर्ने जनाएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरमा रोकिएका आयोजना सुचारु गर्ने तयारी गरेको हो ।

नगरपालिकाले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सतर्कता र सुरक्षा अपनाएर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनुभयो ।निर्माण व्यवसायीहरुले भने कोरोना संक्रमण जोखिमका कारण काम गर्न सक्ने वातावरण नरहेको बताएका छन् ।आवश्यक जनशक्ति नभएको र कच्चापदार्थकोसमेत अभाव रहेकोले निर्माण कार्य सुरु गर्न सहज नभएको निर्माण व्यवसायीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले भने जिल्लामा ‘कोभिड–१९’ को जोखिम भएपनि हालसम्म कसैमा पनि संक्रमण नभएकोले सतर्कता अपनाउँदै विकास निर्माणका काम सुरु गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.