रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहटको वृन्दावन नगरपालिका भुसहा र देवानी नगरपालिका १ का दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ।काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिका प्रमुख रामस्नेहि यादबले जानकारी दिनुभयो ।

भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। जनकपुरको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट आरडीटी मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो।त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका पुरुषमा कोरोना संक्रमण भएको पाइएको हो।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो। सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.