हिमपहिरोमा हराएका थप एक कोरियन नागरिकको शव फेला

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाको हिङकु केभ इलाकामा हिमपहिरोमा बेपत्ता भएका थप एक कोरियन नागरिकको सोमबार भेटिएको छ ।

गत माघ ३ गते हिमपहिरो जाँदा तीन नेपाली गाइड र चार कोरियन नागरिक बेपत्ता भएका थिए। त्यसमध्ये दुई कोरियन नागरिक र दुई नेपाली नागरिकलाई सेनाले यस अघि नै उद्धार गरिसकेको छ।

नेपाली सेनाका अनुसार कोरियन नागरिकको शव पोखरास्थित पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत सेकेन्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले सोमबार फेला पारेको हो। उक्त शवलाई मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.