हिन्दी गीतको भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेतको रोमान्स

अभिनेत्री रिस्ता बस्नेत हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘साथिया तेरे बिना’ बोलको गीतको भिडियोमा मोडल मञ्जुल खट्टरसँगको रोमान्समा देखिएकी हुन् । नेपालकै पोखराको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकले आफ्नो युट्युब च्यानल मार्फत बाहिर ल्याएको हो ।

भिडियोमा रिस्ता र मञ्जुलको रोमान्स एकदमै सुहाउँदो देखिएको छ । टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा धेरै देखिने मोडलमा पनि पर्ने गरेका छन् ।

कार्तिक र ज्योतिकाको स्वर रहेको गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसमा सम्राट शाक्यको निर्देशन रहेको छ ।फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा होमिएका आएका सम्राटको यो पहिलो हिन्दी भिडियो हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायाँंकन, कमल राईको नृत्य निर्देशन , अर्जुन जिसीको सम्पादन रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.