बलिउड अभिनेता ऋषि कपूरको निधन

बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर आज बिहान निधन भएको हो ।यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । कपुर क्यान्सर रोगबाट पीडित थिए ।कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।

गएको फेब्रअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरो थिए ।उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए । ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका अभिनेता छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.