विद्यालयको वार्षिक नतिजा रेडियोबाट प्रकाशन गरिने

पाँचथर – कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै विद्यालयहरुले वार्षिक नतिजासमेत प्रकाशन गर्न नसकिरहेको अवस्थामा फिदिम माध्यमिक विद्यालयले भने रेडियो र अनलाइनबाट नतिजा प्रकाशित गर्ने भएको छ ।

विद्यालयले बिहीबार स्थानीय इगल एफएमबाट साँझ साढे ७ बजेदखि ८ बजेसम्म नतिजाको विवरण प्रशारण गर्ने साथै अनलाइन तथा विद्यालयको फेसबुक पेजबाट पनि नतिजा प्रकाशन गर्ने तयारी गरेको प्रधानाध्यपक विनोद ठाकुरले बताउनुभयो ।

परीक्षा दिएको लामो समयसम्म पनि नतिजा थाहा पाउन नसकेपछि विद्यार्थी र अभिभावकमा बढेको अन्योल हटाउन यस्तो उपाय निकालेको विद्यालयका शिक्षक हरिचन्द्र लावतीले बताउनुभयो । फिदिम माविले स्थानिय रेडियो इगल एफएमबाट विद्यालयको बारेमा पाक्षिक रुपमा रेडियो कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.