भद्रगोलका हाँस्य कलाकार बेलासेलाई कोरोना संक्रमण पुष्टि

चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार सुवास कार्की बेलासे कोरोनाबाट संक्रमित भएका छन् । झण्डै दुुई बर्षदेखि लण्डनमा बसोबास गर्दै आएका नेपाली हाँस्य कलाकार सुवास कार्की अर्थात बेलासेलाई कोरोना संक्रमण भएको हो ।एक अनलाई संगको कुराकानीमा उनले आफुुलाई कोरोना भएको जानकारीदिएका हुन् ।

हाल उनी घरमै सेल्फ आईसोलेसनमा रहेका छन् ।उनले कोरोनाको लण्डनमै राम्रो उपचार हुन सक्ने भएकाले आफु लण्डनस्थित निवासमै सेल्फ आइसुलेसनमा बसेको बताएका छन् । उनी नेपाली हाँस्य टेलिश्रृखंला भद्रगोलका चर्चित पात्र मध्यका एक हुन् ।यो पनि पढ्नुहोसस् विश्वभरका १० लाख भन्दा बढी मानिसले जिते कोरोनालाई, हेर्नुहोस् कुन देशमा कति निको भए चीनको वुहानबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । विश्वभर महामारी फैलिएको कोरोनाभाइरसले सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुलाई प्रभाव पारेको छ ।

विश्वभरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेको संख्या पनि बढि रहेको छ । धेरै कोरोना संक्रमित बिरामी उपचारपछि निको भएका छन् । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर ३२ लाख २० हजार २ सय ६८ जना कोरोना संक्रमितमा १० लाख ३ सय ५५ जना उपचारपछि निको भएका छन् ।त्यस्तै कोरोनाबाट विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख २८ हजार २ सय ३४ पुगेको छ । तथ्यांक हेर्दा विश्वभरमा मृत्यु हुनेको संख्या भन्दा निको भई घर फर्कनेको संख्या धेरै नै बढि रहेको छ । हालसम्म अमेरिकामा कोरोनाबाट १० लाख ६४ हजार ५ सय ७२ जना संक्रमित भएका छन् भने १ लाख ४७ हजार ४ सय ११ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको उपचारपछि निको हुनेको संख्या १ लाख ३२ हजार ९ सय २९ पुगेको छ । त्यसैगरी इटालीमा ७१ हजार २ सय ५२, फ्रान्समा ४८ हजार २ सय २३, जर्मनीमा १ लाख २० हजार ४ सय र टर्कीमा ४४ हजार ४० जना कोरोनाको उपचारपछि निको भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.