टिकटकको नयाँ कीर्तिमान प्रयोगकर्ताको संख्या २ अर्ब नाध्यो

वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनीले जनाएको छ ।

स्मरणहोस्स् पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो ।सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा गरी टिकटक ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ । कुनै पनि मोबाइल एप एक त्रैमासिक अवधिमा यतिधेरै पटक डाउनलोड भएको यो पहिलो पटक हो ।

पछिल्लो ३ महिनामा टिकटक एपको डाउनलोड संख्याले कीर्तिमान कायम गर्नुमा महामारीको लकडाउन सबैभन्दा मूख्य कारण रहेको बताइएको छ । कोरोना भाइरस महामारीको लकडाउनका कारण करोडौँ मानिसहरु घरभित्रै रहेको र उनीहरुले मनोरञ्जनका लागि टिकटकको अत्यधिक प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ रिपोर्ट अनुसार टिकटक प्रयोगमा भारत सबैभन्दा अगाडि रहेको छ । भारतमा कूल ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएको छ । यो टिकटकको कूल प्रयोगकर्ताको ३० दशमलब ३ प्रतिशत हो ।

टिकटकले हालै म्यलबतष्यल क्तष्अपभचक थप गरेको छ । जसको माध्यमबाट मानिसहरुले च्यारिटीका लागि रकम दान गर्न सक्दछन् । कोरोना भाइरस महामारीविरुद्धको लडाइँलाई सहयोग गर्ने मनसाय स्वरुप नयाँ फिचर सुरु गरेको टिकटकले यसमार्फत् आगामी मे २७ सम्ममा १ करोड डलर रकम संकलन गर्ने लक्ष्य बनाएको छ ।टिकटक प्रयोगकर्ताहरुले डोनेसन स्टिकर फिचरमार्फत आफूले रकम दान गर्न सक्ने मात्र नभै आफ्ना भिडियोहरु तथा लाइभ स्ट्रिमिङमा समेत यी स्टिकरहरु प्रयोग गरी आफ्नो फलोअर्सलाई दानका लागि प्रेरित गर्न सक्दछन् ।डोनेसन स्टिकर फिचरले प्रयोगकर्तालाई एपभित्रैको डोनेसन पेजमा लैजान्छ जहाँ प्रयोगकर्ताले आफ्नो बैंक विवरण तथा दान गर्न चाहेको रकम उल्लेख गरी आर्थिक सहयोग प्रदान गर्न सक्दछन् । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.