रुपन्देही र बाँकेका एक एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ ।बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ । सङ्क्रमितमध्ये अहिसम्म १६ जना निको भए घर फर्किएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.