पाल्पाको तिनाउ नदी किनारमा २३ वर्षिय युवती मृत अवस्थामा फेला

पाल्पा – तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ खोलाको ड्याम साइडमा एक जना युवती शुक्रबार दिउँशो मृत अवस्थामा फेला परेकी छिन् ।

रुपन्देही जिल्ला शुद्दोदन गाउँपालिका वडा नं ४ की २३ वर्षिय सिर्जना खनाल तिनाउ खोलाको ड्यामसाइडमा मृत फेला परेको प्रहरीले जनाएको छ ।ती युवतीको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अझैँ थाहा हुन सकेको छैन ।

प्रहरीले मृतकको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.