प्लाज्मा थेरापी प्रविधि मार्फत कोरोना जोखिम कम गराउने विश्वासका साथ उपचार सुरु

कोरोना भाइरसले विश्वलाई नै हल्लाइरहे पनि यसको उपचार भने अझै पत्ता लाग्न सकेको छैन् ।कोरोनाको उपचारमा विभिन्न देशका विभिन्न तरिकाहरु अपाउने गरिएको छ । पछिल्लो समय केही देशहरुले प्लाज्मा थेरापी मार्फत संक्रमितको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने प्रयोग गरिरहेका छन् ।अमेरिका, वेलायत र छिमेकी देश भारतले कोरोना संक्रमणलाई जितेका विरामीको रगतबाट निकालिएको प्लाज्मा संक्रमितलाई दिएर उपचार गर्न सुरु गरेका छन् ।चीनले समेत प्लाज्मा थेरापीबाट धेरैको स्वास्थ्यमा राम्रो प्रभाव देखिएको जनाएको थियो । कोरोना भाइरसको संक्रमणलाई जितेका व्यक्तिको शरिरमा भाइरस विरुद्ध शरिरले एन्टिबडिज बनाउँछ ।

उक्त एन्टिवडिज कोरोना संक्रमित विरामीको शरिरमा राख्ने हो भने त्यसले जोखिम कम गराउने विश्वास गरिएको छ ।उपचार नै नभएको रोगको प्लाज्मा दान भने कत्तिको प्रभावकारी हुन्छ भन्नेमा अझै प्रश्न उब्जिएको छ ।सन् १८१९ मा जर्मन भौतिकशास्त्री एमिल भेन बेहरिनले पहिलो पटक पत्ता लगाउनुभएको प्लाज्मा थेरापी विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इवोला भाइरसको उपचारमा प्रयोग गर्न निर्देशन दिएको थियो ।यस्तै सार्स र मार्स रोगको उपचारमा पनि यो पद्धती प्रयोगमा ल्याईएको थियो । कोरोना संक्रमणलाई जितेकी १९ बर्षीया प्रसिद्धि श्रेष्ठले आफनो प्लाज्मा अरु कोरोना संक्रमित विरामीलाई दिन सक्ने जनाए पछि नेपालमा पनि यस विषयमा वहस सुरु भएको थियो ।

के साँच्चीकै नेपालमा पनि प्लाज्मा थेरापी सुरु गराउन सकिन्छ यसको प्रभावकारिता कस्तो छ भन्ने वारेमा रक्तसञ्चार विशेषज्ञ डा विपिन नेपालले भन्छन्,‘कोरोना संक्रमणवाट स्वास्थ्यमा जटिल समस्या भएका व्यक्तिमा प्लाज्मा दान गराउन सकिन्छ ।’मानिसको शरिरमा ब्लड सेल र प्लाज्मा रहेको हुन्छ । प्लाज्मा एक प्रकारको प्रोटिन तत्व हो । उक्त तत्वमा कोरोना भाइरस विरुद्धको एन्टिवडिज रहन्छ ।उक्त एन्डिबडिज कोरोना संक्रमित विरामीको शरिरमा राखियो भने त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

एक जना व्यक्तिको प्लाज्माबाट ३ जनासम्मको उपचार गर्न सकिने भए पनि नेपालमा भने १ जनाको प्लाज्माबाट एकै जनाको उपचार गराउन सकिने अवस्था रहेको डा नेपालले बताए ।यस्तै हाल नेपाली मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाको समेत सहभागीतामा प्लाज्मा दान सम्बन्धि निर्देशिका समेत बनेको डा। नेपालले जानकारी दिए ।उपचार नै नभएको समयमा यो पद्धतीले केही हद सम्म भए पनि कोरोनाको जोखिम कम गराउन भने मद्धत पुग्ने देखिएको छ । तर उल्लेख्य मात्रामा अनुसन्धानको भने आवश्यक छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.