विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १० लाख नाघ्यो

कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १० लाख नाघेको छ । विश्वभर अहिलेसम्म करिब १० लाख ४३ हजारभन्दा बढी कोरोना संक्रमित निको भइसकेका छन् ।कोभिड– १९ बाट विश्वभर अहिलेसम्म संक्रमित भएका करिब ३३ लाख आठ हजार मानिसमध्ये १० लाख ४३ हजार निको भएका हुन् । बाँकी संक्रमणको अवस्थामा रहेकामध्ये १९ लाख ८० हजारको अवस्था सामान्य छ भने करिब ५० हजार संक्रमित मात्रै जटिल अवस्थामा रहेका छन् ।

संक्रमितमध्ये दुई लाख ३४ हजारको मृत्यु भइसकेको छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित छन् भने मृत्यु पनि सबैभन्दा बढी अमेरिकामै भएको छ । त्यहाँ अहिलेसम्म १० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतमा संक्रमितको संख्या ३५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या एक हजार एक सय ५४ पुगेको छ । भारतमा मृत्यु हुनेमध्ये ६५ प्रतिशत पुरुष रहेका छन् ।विश्वभर नै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा बढी पुरुष रहेका छन् ।नेपालमा अहिलेसम्म ५७ जना संक्रमित भइसकेका छन् भने तीमध्ये १६ जना निको भइसकेका छन्, ४१ जनाको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.