लकडाउनमा पनि पाल्पाका सडक धमाधम मर्मत तथा निर्माण हुँदै

पाल्पा, पाल्पाका राजमार्ग तथा सडकहरु सुनसान छन् । तर, पनि महत्वपूर्ण विकास निर्माणका कामहरु भने सूचारु नै छन् ।लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई मुख्य राजमार्गमा सडक सुधारको काम भईरहेको छ ।चौबिसै २४ घण्टा व्यस्त हुने पाल्पाको सडकमा लकडाउनका कारण सवारी साधन नचल्दा काम गर्न सजिलो भएको छ ।लकडाउनको सदुपयोग गर्दै पाल्पाका दुई वटा मुख्य राजमार्गमा धमाधम सडक सुधारको काम भईरहेको छ ।

तानसेन नगरपालिकाले लकडाउन भएदेखी नै तानसेन तम्घास सडक र डिभिजन सडक कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक सुधारको कामगर्दै आएका छन् ।दुवै सडकमा दैनिक १८ घण्टासम्म काम हुँदै आएको छ । तानसेनदेखी भैरवस्थानसम्म एक लेनको सडकलाई चौडा बनाउने, साघुरा मोड तथा घुम्तीहरु कटान गर्ने, विभिन्न स्थानमा टेवा पर्खाल लगाउने, नाली काट्ने जस्ता कामहरु भईरहेको छ ।

भैरवस्थानसम्मको तीन किलोमिटर सडक चौडा पार्ने काम अन्तिम चरणमा पुगेको छ ।लकडाउनको समयमा सडक चौडा गर्ने काम निकै उपयुक्त भएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही बताउँछन् ।यस्तै डिभिजन सडक कार्यालय पाल्पाले पनि सडक तथा पुल निर्माणको काम गरिरहेको छ ।तानसेन वुटवल सडक खण्डको गौडेपुल, कालीमाटी र चर्चरे क्षेत्रको सबैभन्दा जोखिम र खतरायुक्त घुम्ती तथा मोडहरुको कटानको काम भईरहेको छ ।

तिनाउँ खोला, दोभान खोला र कचल खोलाको पुल निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।लकडाउनको अवधिमा कालीमाटी क्षेत्रका ४ वटाभन्दा बढी जोखिमयुक्त घुम्ती कटान भईसकेको छ ।प्रदिप कन्ट्रक्सन रुपन्देहीले २०७७ जेठ मसान्तभित्र काम सम्पन्न गर्ने गरी भ्याट बाहेक १ करोड ५ लाख ९१ हजार ६ सय २५ रुपैयामा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

लकडाउनले सडकमा अत्यावश्यक बाहेकका सवारी सधान नगुड्दा काम गर्न सहज भएकाले कामलाई निरन्तरता दिएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्दराज अधिकारी बताउँछन् ।लकडाउनको समयमा सडक क्षेत्रमा काम गर्न सहज हुने भएकाले तानसेन नगरपालिका र डिभिजन सडक कार्यालय पाल्पाले कामलाई निरन्तरता दिएका हुन् । ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.