कोरोनाका कारण विश्वभर ७३ जना नेपालीको मृत्यु, ५ हजार २ सय बढी संक्रमित

विश्वका विभिन्न मुलुकका कोभिड नाइन्टिनका कारण हालसम्म ७३ जना नेपालीको मृत्यु भएको छ ।बेलायतमा ४१ जना, अमेरिकामा १५, यूएईमा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एक एक जनाको मृत्यु भएको हो ।न्यूयोर्कमा मात्रै १२ जनाको मृत्यु भएको छ । ५ हजार २४७ संक्रमित मध्ये एक हजार ५७ जना उपचार पछि निको भएको गैर आवसिय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

मध्यपूर्वमा मात्रै २ हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको छ ।यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड नाइन्टिन उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले गैरआवासीय नेपालीलाई कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।विश्वका २७ मुलुक रहेका नेपाली कोरोनाबाट संक्रमित छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.