आठ नेपाली कलाकारको ‘लकडाउन’ चलचित्र

नेपाल मात्रै हैन बिश्वनै अहिले थला परेको स्थिती छ । मानिसहरु के गर्ने के बनाउने र आगामि जिवन यापन गर्ने भन्ने योजना नै बनाउन सकिरहेको छैनन । यस को*रोना कहरबीच देश पूर्णरुपमा लकडाउनमा छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपालमा प्रत्येक नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् । सबै क्षेत्रको समस्या संग कलाकारिता क्षेत्र पनि अछुतो छैन ।

संसारभरका कलाकारहरु पनि घरभित्रै रहेका छन् । चलचित्र तथा संगीत क्षेत्र अहिले ठप्प छ तरपनि कलाकारहरुका गतिविधी भने होम क्वारेन्टाइनबाट नै चलिरहेका छन् । कसैले पीडितलाई राहत दिइरहेका छन् भने कोहिले घरमै बसेर गर्न सकिने काम गरिरहेका छन् । लकडाउनले कलाकारहरुबीच नयाँ(नयाँ कन्सेप्टको विकास पनि भइरहेको छ । त्यसको एक उदाहरण हो, आ(आफ्नै घरबाट चलचित्रमा अभिनय गर्नु ।

अभिनेता सन्दीप क्षेत्रीले यहि प्रयोग गर्दै ‘लकडाउन’ नामक लघु चलचित्र तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी., निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.