लकडाउन पुनः लम्बिने- मन्त्रिपरिषद्ले भाेलि निर्णय गर्ने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन यथास्थितिमा लम्ब्याउन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिएको र नेपाल सरकारले लिएको लकडाउनको नीति उपयुक्त भएको निष्कर्ष सहित अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव उच्चस्तरीय समितिले सरकारलाई दिएको छ।

बैठकपछि सचिव बिडारीले पत्रकारसँग भने ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । के–कति दिन थप्ने भन्ने र बारे भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.