जीवित देवीको लकडाउन दैनिकी

पाटनकी कुमारी निहिरा बज्राचार्य अहिले स्वतन्त्र दिनचर्या बिताइरहेकी छिन् । कारण, लकडाउन घोषणासँगै दैनिक कुमारीको दर्शनमा आउने भक्तजनको घुइँचो छैन अहिले । लकडाउनका कारण उनको पढाइसमेत अवरुद्ध छ । त्यसैले, खाली समयमा उनी भाइबहिनीसँग खेल्ने र केही समय पढ्ने गर्दै समय कटाइरहेकी छिन् ।

साँझ–बिहानको नित्य पूजामा भने उनको परिवार नै कटिबद्ध छ । ‘दैनिक पूजाविधिमा द्यामा (कुमारीलाई नेपाल भाषामा सम्बोधन गरिने शब्द)ले पनि सहयोग गर्नुहुन्छ,’ उनका पिता निरज बज्राचार्य भन्छन् । बिहान सखारै गरिने पूजाका लागि आवश्यक सामग्री फूल, फलफूल, हाँसको अन्डा र मिठाई निहिराका पिता निरजले जुटाउँछन् । त्यसका लागि घरबाहिर निस्किनैपर्छ उनलाई । त्यसक्रममा प्रहरीले बाटोमा सोधीखोजी गर्छन्, कारण थाहा पाएपछि छाडिदिन्छन् ।

विश्वभर कोभिड–१९ को महामारी फैलिएयता विदेशी भक्तजनको दर्शन कम भइसकेको निरज बताउँछन् । नेपालमा पनि त्यसको संक्रमण देखिनुअघिसम्म नेपाली भक्तजन, विश्वासिला साथीभाइ र जन्मदिनजस्ता विशेष अवसर परेका दर्शनमा आउने गर्थे । लकडाउनयता उनीहरू पनि आउन छाडेका छन् । यसपटक नयाँ वर्ष विगतमा जस्तो भव्य भएन, सामान्य पूजाविधिमै सकियो । त्यसरी नै समापन भएको मत्स्येन्द्रनाथको जात्रामा पनि निहिरा सरिक भइन् । मत्स्येन्द्रनाथको न्वारानमा कुमारीले दर्शन गर्नुपर्ने परम्परा छ ।

पाटनकी अर्की आजीवन कुमारी हुन् धनकुमारी बज्राचार्य । उनको परिवारले पनि नित्य पूजालाई निरन्तरता दिइरहेको छ । पूर्वकुमारी चनिरा बज्राचार्यकी फुपू हुन् धनकुमारी । नित्य पूजा, अष्टमातृका, अष्टभैरवलाई पुजेर समयबजी चढाउने चलन निहिरा र धनकुमारीका परिवारले कायम राखेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.