सलमानसँग फार्म हाउस गएकी ज्याकलिन लकडाउन भएर त्यहीँ थुनिएपछि…

मुम्बइ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानसँगै छिन् । ज्याकलिन सलमानसँग उनको फार्महाउस गएकी थिइन् तर लकडाउनका कारण उनी त्यहीँ अड्किएकी छिन् । अहिले उनले सलमानँग आफ्नो दिन कसरी बितिरहेका छन् भनेर बताएकी छिन् ।

बाम्बे टाइम्ससँग कुरा गर्दै ज्याकलिनले भनिन् ‘फार्ममा मैले घोडा सवारी गरें । पौडी खेलें । आफूलाई फिट राख्नको लागि योगा गरिरहेकी छु । प्रकृतिको बीचमा यति राम्रो कहिल्यै लागेको थिएन । यो लकडाउनले मलाई ती क्रियाकलाप गर्नको लागि धेरै सहय दिन सघाएको छ जो मलाई मन पर्छ । यीमध्ये पढ्नु पनि एक हो ।’

लकडाउनमा ज्याकलिन नजिकका साथीहरुसँग छिन् तर मातापितालाई मिस गरिरहेको बताएकी छिन् । ज्याकलिनले भनिन् ‘यसअघि उहाँहरुसँग धेरै टचमा हुँदिनथें । तर अहिले म भर्चुअल रुपमा उहाँहरुसँग समय बिताइरहेकी छु ।’ यसका साथै ज्याकलिनले आफ्ना बिरालोहरु पनि मिस गरिरहेकी छिन् जो मुम्बइमा उनको घरमा छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.