यदि कोभिड-१९ विरूद्धको भ्याक्सिन बनेन भने के होला? हाम्रो जीवन कस्तो होला ?

यदि कोभिड-१९ रोगविरूद्धको भ्याक्सिनको विकास हुन सकेन भने हाम्रो जीवन अहिलेको जस्तो सामान्य पक्केै हुँदैन। यसबाट मुक्त भएर सामान्य जीवनमा छिटै फर्किन धेरै नै कठिन हुन्छ। ‘आर्थिक र राजनीतिक दुवै दृष्टिकोणबाट दीर्घकालीन रूपमा लकडाउन गरिराख्न सम्भव छैन,’ निल भन्छन्‚ ‘त्यसैले यसलाई नियन्त्रण गर्न हामीलाई अन्य बाटोबाट जानुपर्ने हुन्छ।’ यसको मतलब घरमै बसेर सबै काम गर्न मिल्ने माध्यमबाट काम थाल्नु जरूरी हुन्छ। यसले गर्दा मानिसमा प्रविधीप्रति बढी जिज्ञासा पैदा हुन्छ र काम गर्ने नयाँ विधीजस्तै हुनेछ। विशेषज्ञहरूका अनुसार विभिन्न देशका सरकारले अब कोभिड-१९ विरूद्धको भ्याक्सिनको विकास भएर यो संक्रमण पूर्णरूपमा नियन्त्रण नहुन्जेलसम्मका लागि नयाँ किसिमबाट जीवन जिउने तौर तरिकाको विकास गर्नु जरूरी हुन्छ।

‘कोभिड-रेडी’का लागि अहिलेदेखि नै लागिपर्नु अत्यावश्यक छ‚’ न्याबरो भन्छन्‚ ‘नयाँ ढङ्गको सामाजिक अन्तरक्रियाको विकास गर्न जरूरी हुन्छ। यदि कसैमा कोभिड-१९ सँग मिल्दोजुल्दो कुनै लक्षणहरू देखिएमा र त्यस्ता व्यक्तिको सम्पर्कमा आएको खण्डमा सेल्फ आइसोलेसनमा जानका लागि मानिसले आफ्नो व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ।’ अब सामान्य रूघाखोकी लाग्दा पनि सतर्क रहनुपर्ने हुन्छ। विशेषज्ञका अनुसार यदि कोभिड-१९ को कुनै पनि प्रभावकारी भ्याक्सिन पत्ता लागेन भने हाम्रो दैनिकीमा निक्कै नै ठूलो प्रभाव पर्छ। विशेषगरी हामीले दैनिक गर्दै आएको काममा यसले ठूलो प्रभाव पार्छ। केही समयका लागि भए पनि कार्यालयमै गएर गरिनुपर्ने काम घरबाट नै हुन थाल्छन्।

‘गरीब देशमा भने यसले निकै नै ठूलो असर पार्नेछ।’ न्याबरो भन्छन्‚ ‘यस्तै संक्रमण रहिरहेमा अहिलेको भन्दा छिटो छरितो तवरले परीक्षण गर्नुपर्ने विधिको प्रयोग गर्नुपर्ने हुन्छ।’‘यदि अवस्था यस्तै रहने हो भने प्रिमियर लिग‚ एनएफफएल र अरू सामूहिक कार्यलाई विशेष प्रथमिकताका साथ आफ्नो तालिकाअनुसार नै खेल खेलाउनुपर्ने र खेलाडीहरूको परीक्षण गरिरहने‚ सामाजिक दूरी कायम गर्ने गर्नुपर्छ।’ निल भन्छन्‚ ‘बार र पबहरूमा धेरै भीड हुने भएकाले यस्ता किसिमका ठाउँहरूमा विशेष ध्यान दिनेगरी रेस्टुरेन्टहरू फेरि खोल्न सकिनेछ तर सामाजिक दूरी कायम राख्ने हिसाबले।’केही यूरोपेली देशहरूले आफ्नो देशमा रहेका रेस्टुरेन्टलाई सामाजिक दूरी कायम राख्ने र रेस्टुरेन्टको क्षमताभन्दा निक्कै थोरै ग्राहकहरू भित्र्याउने शर्तमा खोल्न दिइरहेका छन्। भ्याक्सिनको विकास नहुन्जेल विशेषगरी जाडोयाममा अन्यबेलाको भन्दा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ। धेरै ठाउँहरूमा लकडाउनलाई खुकुलो बनाउने कार्य जारी छ‚ तर जुनसुकै बेला पनि फेरि लकडाउन गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। जुनसुकै बेला पनि फेरि उस्तै महामारी फैलने डर हुन्छ।
विभिन्न देशका जोखिमयुक्त क्षेत्रहरूमा कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि प्रतिबन्ध लगाइएको छ। न्याबरो भन्छन्‚ ‘यस्तैगरी संक्रमण अझ बढी फैलँदै गए पुरै देश नै लकडाउन गरिराख्नुपर्ने स्थिति पनि आउन सक्छ।’

समाजमा रोग प्रतिरोधात्मक क्षमता भएका करीब ७० देखि ९० प्रतिशत जनसंख्या हुनासाथ ‘हर्ड इम्युनिटी’ को बारेमा बहस चल्न थाल्नेछ। ‘तर पनि प्राकृतिक संक्रमणका लागि भने हर्ड इम्युनिटी नै सबैभन्दा राम्रो विकल्प भने पक्कै होइन। यस्ता किसिमका संक्रमणका लागि सबैभन्दा राम्रो विकल्प भनेकै भ्याक्सिनको विकास हुनु हो।’ अफिट भन्छन्‚ ‘भ्याक्सिन विश्व बजारमा फैलनुभन्दा अघिको मिजल्स संक्रमण यसको प्रमुख उदाहरण हो। प्रत्येक वर्ष २० देखि ३० लाख मानिसहरुलाई मिजल्सको संक्रमण देखिने गर्थ्यो। र यसमा पनि ठ्याक्कै त्यहीजस्तो नै हो।’ ‘मलाई लाग्छ‚ हामीले भ्याक्सिनको विकास गर्नेछौं। त्यसका लागि पर्याप्त रकमको आवश्यकता हुन्छ।’ अफिट भन्छन्। तर पहिलाका केही भाइरसको जस्तै कोभिड-१९ को पनि भ्याक्सिनको विकास नहुन सक्छ‚ हामीमा यही नै हुन्छ भनेर ढुक्क पर्ने स्थिति पनि छैन। ‘कुनै भ्याक्सिन एकदम छिटो आइहाल्छ भन्ने मलाई लाग्दैन।’ ‌अफिट भन्छन्‚ ‘यदि १८ महिनासम्ममा भ्याक्सिनको विकास भयो भने‚ त्यो एकदम आश्चर्यको विषय बन्नेछ।’ Pradip Khadot

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.