एकाबिहानै काठमाडौंमा कहालीलाग्दो दुर्घटना, एकको मृत्यु

काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।आज बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । दुर्घटनापछि सडकभर मासु छरिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.