आज देखि बैंक तथा वित्तीय संस्था सबै खुल्ने

सरकारले लकडाउनकै समयमा उद्योग तथा कार्यालयहरू सर्तसहित खोल्न सकिने जनाएसँगै बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा आउने भएका छन् ।

जोखिमका बाबजुद न्युनतम सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सबै शाखा आजदेखि सञ्चालन हुने भएका हुन् ।

तर कार्यालयमा एक तिहाई कर्मचारीले मात्र काम गर्नेछन् । सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ ।अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.