भारतसँगको सीमामा काँडेतार वा पर्खाल लगाउन माधव नेपालको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र भारतबीचको सीमामा पर्खाल लगाउन सुझाएका छन् ।दुई देशबीच खुला सिमाना भएकाले बिभिन्न समस्या आइरहेको भन्दै उनले पटक–पटक विवाद गरिरहनु भन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने बताएका हुन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने, ‘सीमा मिच्ने काम भइरहेको छ ।

दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो । विवाद सधैंभरि गर्नुछ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’पूर्वप्रधानमन्त्री नेपालले सीमा स्तम्भ भत्काइदिने, सार्ने, नेपाली भूमि मिच्ने काममा सीमा सुरक्षा बल नै संलग्न भएका घटनाले सार्वभौम छिमेकी राष्ट्रप्रति भारतको दृष्टिकोणमै गम्भीर प्रश्न उठेको बताए ।आफ्नो देशको भूमिको रक्षाका लागि सबै नेपाली र राजनीतिक दल एकजुट भएको भन्दै उनले यही बेला भारत र अर्को छिमेकी देश चीनसँग वार्ता गर्न सरकारलाई सल्लाह दिए ।

भारतले नेपाली भूमि मिचेर मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने र त्यसको उदघाटन गर्नु दुःखद र आपत्तिजनक भएको भन्दै नेता नेपालले भने, ‘यसले नेपालको र भारतको बीचमा भएको सहमति र सम्झौताको पनि गम्भीर उल्लंघन गरेको छ । सँगसँगै सार्वभौमसत्ता माथि प्रहार भएको हामीले ठानेका छौं ।’नेपालको पश्चिमको सिमाना लिम्पियाधुरासम्म हो भन्ने कुरा सबै दस्ताबेजहरुले प्रमाणित गरेको भन्दै गर्ने भन्दै उनले सरकारलाई तत्काल नेपालको नक्शा प्रकाशित गर्न सुझाए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.